चैत, ४ – अमेरिकाको सिनेटले फोन ट्रयापिङ गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप खारेज गरेको छ । पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले ट्रम्प टावरमा फोन ट्रापिङ गरेको आरोप सिनेटले खारेज गरेको हो । फोन ट्रयापिङ सम्बन्धी कुनै प्रमाण नभेटिएको सिनेटले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सिनेटले अमेरिकामा भएको राष्ट्रपतीय चुनाव अघि वा पछि कुनै पनि फोन ट्रयापिङ नभएको जनाएको छ ।
ट्रम्पको यो दाबी यस अघि बाराक ओबामाले पनि खारेज गर्नु भएको थियो । उहाँले फोन ट्रयापिङमा अलग अलग प्रविधि प्रयोग भएको दाबी गर्दै आउनु भएको छ ।