रामेछाप पकरवासमा जन्मिएका कांग्रेस नेता ढुंगेलको अन्त्यष्टी गरिदै

  • प्रकाशित मिति: बिहिबार, चैत्र ३ २०७३
  • तामाकोसी खबर

रामेछाप । ३ गते,चैत ,
रामेछापको पकरवासमा जन्मिएका नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन भएको छ । ढुंगेलको काठमाडौं डिल्ली बजारमा रहेको कोठामा सुतेकै अवस्थामा मृत शव भेटिएको बताईएको छ । उच्च रक्तचाप, ग्यास्ट्रिक रोगबाट पीडित ढुंगेलको स्वास्थ्यमा समस्या बढेपछि बुधवार राती हिमाल अस्पतालमा उपचार गराएर कोठामा आएर सुतेको बताईएको छ । ढुंगेललाई सुतेकै अवस्थामा मृत भेटिएको रामेछाप जिल्लाका नेता रामचन्द्र खड्काले बताए ।
ढुंगेल नेपाली कांग्रेस रामेछापका सचिव ,सभापति हुँदै २०५६ सालमा भएको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद समेत बनेका थिए । ढुंगेलको शवलाई नेपाली कांग्रेसको सानेपामा रहेको पार्टी कार्यालयमा श्रदाञ्जलीका लागी २ घण्टा रखिएको थियो । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगाएतका उच्चस्थ नेता तथा कार्यकर्ताहरुले ढुंगेलको मृत शरिरमा श्रदाञ्जली दिएको काठमाण्डौ पुगेका नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले जानकारी दिए । श्रदाञ्जलीका लागि बिहिबार दिउँसो २ः३० देखी अपरान्ह् ४ः३० बजे सम्म ढुंगेलको शरिरलाई पार्टी कार्यालय सानेपामा राखिएको थियो । ढंगेलको पशुपति आर्यघाटमा बिहिबार साँझ अन्त्यष्टी गरिने बताईएको छ । ढुंगेल अविवाहित हुन् । उनी कोठामा एक्लै बस्दै आएका थिए । ढुगेलेको निधन भएको खरब प्राप्त भएसँगै रामेछाप कांग्रेस नेता तथा कार्यकर्ताहरु काठमाण्डौ पुगेका छन् ।