मझुँवामा सार्वजनिक सुनुवाई कार्यक्रम

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन २४ २०७३
  • तामाकोसी खबर

रामेछाप । २४ गते, फाल्गुण ,
रामेछापको मझँुवा गाविस निगलपानीमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ  । जिल्ला विकास समिति रामेछाप र गाविसको कार्यालय मझुवाले आर्थिक बर्ष २०७३÷७४ को दोस्रो चौमासिक भित्र गरेको कामका बिषयमा सार्वजनिक सुनुवाईमा वहस गरिएको हो ।
जिल्ला विकास समिति र गाउँविकास समितिले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा स्थानीय विकास अधिकारी दिनेशराज पन्त र गाविस सचिव नविन कुमार भट्टराईले नागरिकले उठाएको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा स्थानीयहरुले गाउँमा अपाङग परिचयपत्र प्राप्त गर्न समस्या परेको र सडकको अवस्था दयनिय भएको भन्दै सुधार गर्न माग गरेका छन् । कार्यक्रमको सहजिकरण हुसोक रामेछापका सचिव उमङग मैनालीले गरेका थिए । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको अध्यक्षतामा भएकोे कार्यक्रममा रामेछापका राजनैतिका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।