रामेछाप । २४ गते ,फागुन ,
रामेछापको बिजुलिकोट स्थीत धोबी बजारमासमुदाय स्तरीय अन्तरक्रीया कार्यक्रमको सम्पन्न भएको छ । १०७ औ अन्र्तराष्टीय नारी दिवसको अवसरमा गरीवी निवारण कोष रामेछापले सोमबार कार्यक्रमको आयोजना गरेको हो ।
सडक नाटक, गीत, कविता मार्फत महिला अधिकारको बिषयमा अनुभव समेत साटासाट भएको कार्यक्रममा बिजुलिकोट गाविसका बिभिन्न संघ संस्थामा आवद्ध
महिला प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रमलाई जिल्ला स्थित गैर–सरकारी संस्थाहरु पहाडी समाज कल्यान केन्द्र दोरम्बा, सिर्जनशिल युवा समाज चिसापानि, जनभावना युवा क्लब टोकरपुर, चारघरे सेवा समिति रामपुर, सामुदायी विकास कार्यक्रम गोल्माटार, नेपाल सेवा समाज लगायतले सहयोग गरेका थिए । कार्यक्रममा गरीबी निवारण कोष रामेछापका कार्यक्रम प्रबन्धक रमला भण्डारी, ईन्जीनियर प्रकाश केसी लगायतले मन्तव्य राखेका थिए ।
धोबी बजारमा समुदाय स्तरीय अन्तरक्रीया कार्यक्रम
- प्रकाशित मिति: मंगलबार, फाल्गुन २४ २०७३
- तामाकोसी खबर