मन्थली क्याम्पसमा स्ववियु चुनावको मतगणना जारी

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १८ २०७३
  • तामाकोसी खबर

रामेछाप । १८,फाल्गुण ,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा स्वतन्त्र विद्यार्थी युनियनका लागि बुधबार भएको निर्वाचनको मत गणना अहिले जारी छ । यो समाचार तयार पार्द सम्म कुल खसेको मत ४ सय ४२ मध्य १ सय मत गणना भैसकेको छ । जसमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अग्रस्थानमा छ । उसले ४९ मत प्राप्त गरेको छ भने कांग्रेस निकट नेपाल विद्यार्थी संघको ३५ र नेकपा माओबादि केन्द्र निकट अखि क्रान्तिकारीको १५ मत रहेको निर्वाचन समितिले जनाएको छ ।