अमेरिकी उत्साहलाई पूनर्जि्वित गर्छु: अमेरिकी राष्ट्रपति ट्रम्प

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १८ २०७३
  • तामाकोसी खबर

काठमाण्डौ । १८ , फाल्गुण ,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्साहलाई पूनर्जि्वित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कंग्रेसमा पहिलो पटक सम्बोधन गर्दैै राष्ट्रपति ट्रम्पले आशावादको नयां प्रेरणा आएको र असम्भव जस्ता देखिने सपना पूरा हुने संकेत देखिएको बताए ।अमेरिकी महानताको नयां अध्याय सुरु भएको उनको भनाई थियो । सम्बोधनका क्रममा उनले सबै अमेरिकी सफल हुन अहिलेको जस्तो अराजकताको माहौलमा सम्भव नहुने उल्लेख गरे ।नीतिगत स्तरमा विचार अलग अलग भएपनि घृणालाई निन्दा गर्न पूरा अमेरिका एकजुट रहेको ट्रम्पको विश्वास थियो ।उनले ट्रान्स प्यासिफिक पार्टनशिप व्यापार सम्झौताबाट बाहिरिने आफ्नो निर्णयको बचाउ गरे । अमेरिका मेक्सिकोको सीमामा पर्खाल बनाउने योजनामा काम भैरहेको जानकारी दिए ।नयां आप्रवासी कानुन लागु भएको, बेरोजगारी अन्त्य गरिने, तलबमा सुधार गरिने र अमेरिकी जनतालाई थप सुरक्षित गरिने बताए ।अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक अतिवादी समुह आईएसलाई नष्ट गरिने प्रतिबद्धता दोर्होयाए ।सम्बोधनका क्रममा ट्रम्पले गरिब बच्चालाई पढाउनका लागि विद्यालयलाई सहयोग गर्न सांसदहरुसंग आग्रह गरे ।अमेरिकामा रहेका यहुदी समाधिस्थलमा भएको तोडफोडको राष्ट्रपति ट्रम्पले निन्दा गरे ।