यस वर्ष दुई दिन महाअष्टमी, दुवै दिन देवीपूजा गर्नुपर्ने

  • प्रकाशित मिति: सोमबार, कार्तिक ३ २०८३
  • तामाकोशी

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिथि वृद्धि भई अष्टमी दुई दिन परेकाले कात्तिक १ र २ गते दुवै दिन महाअष्टमीको पूजा तथा धार्मिक कर्म गर्नुपर्ने जनाएको छ।
समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार दुवै दिन दसैँघर वा पूजा कोठामा देवी महागौरीको पूजा गर्नुपर्नेछ। तर, कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्नेछ।
अष्टमी दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बनेको छ। हनुमानढोका दरबारमा महाअष्टमीको मूल पूजा सोमबार गरिने र राति १०८ पशु बलिसहित पूजा गर्ने परम्परा रहेको दरबार हेरचाह अड्डाले जनाएको छ।