पुरानागाउँको थानापति मन्दिरमा धर्मशाला बन्ने

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १६ २०७३
  • तामाकोसी खबर

रामेछाप । १६ फाल्गुण ,
रामेछाप । रामेछापको पुरानागाउँ गाविस वडा नम्बर ९ मा रहेको जिल्लाकै प्रख्यात धार्मिक स्थल थानापति महादेव मन्दिरमा धर्मशाला बन्ने भएको छ । धर्मशालाको धर्मगुरु स्वामी रामराज गिरीले एक कार्यक्रमका बिच शिलन्यास गरेको थानापति विकास समिति पुरानागाउँका उपाध्यक्ष रामबाबु गिरीले जानकारी दिए ।
मन्दिरमा धेरै टाढाबाट भक्तजनहरु आउने तर मन्दिर नजिकै पुजाका सामाग्री खरिद गर्ने पसल र विश्रामस्थल पनि नभएकाले आपूmहरुले धर्मशालाको आवश्यकता महशुस गरेको उपाध्यक्ष गिरीको भनाई छ । धर्मशाला बनाउनका लागि महाशिवरात्रीको अवसर पारि फाल्गुण १ गतेदेखि १३ गते सम्म महाशिवपुराण लगाईको थियो । १३ दिनसम्म चलेको महाशिवपुराणवाट ७ लाख ३८ हजार आर्थिक संकलन भएको र सोहि रकमबाट मन्दिरमा धर्मशाला बनाउने योजना रहेको थानापति विकास समितिका उपाध्यक्ष गिरीले बताए ।
ट्रस राखेर बनाईने धर्मशाला निर्माण पुरा गर्नका लागी ७ लाखभन्दा बढी खर्च हुने थानापति विकास समितिको अनुमान छ । रामेछाप जिल्लाको धार्मीक तथा ऐतिहाँसिक महत्व बोकेको सो धार्मिक स्थललाई व्यवस्थापन र प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको स्थानीयहरुको भनाई छ । यसलाई प्रवद्र्धन गर्नकालगि सरोकारवाला निकायले खासै वास्ता नदिँदा थानापति महादेवको प्रवर्धन हुन नसकेको उनीहरुको भनाई छ ।  थानापति विकास समितिका उपाध्यक्ष रामबाबु गिरीले थानापति महादेवथानको प्रवद्र्धनका लागि नेपाल सरकारको पुरातात्व विभागमा पनि ध्यानाकर्षन गराएको उनले जानकारी दिए ।