ओखलढुंगा । १६, फाल्गुण ,
ओखलढुंगामा स्थानिय तहको निर्वाचनका लागी तयारी तिब्र बनाईएको छ । सरकारले वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले तयारी तिब्र बनाएको हो । जिल्ला निर्वाचन कार्यलयका नासु बिदुर कुमार बस्नेतका अनुसार अहिले मतदान केन्द्र तोक्ने बिषयमा गृहकार्य भइरहेको छ । २०७० सालमा भएको संविधान
सभाको सदस्यको निर्वाचनका क्रममा जिल्लामा ७८ स्थान निर्धारण गरी १ सय २९ मतदान केन्द्र तोकिएको थियो । तर अहिलेको अवस्थामा मतदान केन्द्रहरु थपघट हुन सक्ने कार्यलयले जनाएको छ । गत फागुन ९ गते देखी माघ ८ गते सम्म संकलन गरिएका फोटो सहितको मतदाता नामावलीमा पर्सीदेखी चार दिन दाबि बिरोध ,मतदाता नामावलीको भुलचुक तथा त्रुटि, नाम हटाउने लगाएतका काम हुनेछन् । हाल जिल्ला निर्वाचन कार्यलयले ९४ हजार मतदाताको नामावली सङ्कलन गरेको भएपनि स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताको सङ्ख्या भने घट्न सक्ने अनुमान छ । यस अघि स्थानीय तह पुनःसंरचनाका क्रममा जिल्लामा एक नगरपालीका सहित ७ गाउपालीकाको प्रतिबेदन अयोगमा पठाईसकीएको छ । यता आगामी चुनाब सम्मका लागी कार्यलयले मतदाता नामावली संकलनको काम स्थगीत गरेको छ ।
ओखलढुंगामा निर्वाचनको तयारी तिब्र
- प्रकाशित मिति: सोमबार, फाल्गुन १६ २०७३
- तामाकोसी खबर