टेलिकम रामेछापको सर्वरमा समस्या, सेवाग्राही मारमा

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १५ २०७३
  • तामाकोसी खबर

रामेछाप । १५ ,फाल्गुण ,
नेपाल टेलिकमको सर्वरमा समस्या आएपछि रामेछापमा सञ्चालित ल्यण्डलाइन फोन र एडिएसएल इन्टरनेटमा समस्या देखिएको छ ।
टेलिकम रामेछापले टेलिकमको सेवा र सुविधामा सुधार आएको दावि गरेपनि  केहीदिन यता थप समस्या देखिएको छ । नेपाल टेलिकम रामेछापले पत्रकार सम्मेलन नै गरी टेलिकमले दिने सेवामा सुधार आएको दावि गरेको थियो । तर त्यसको केही दिन वित्न नपाउँदै टेलिकमको सेवामा थप समस्या देखिएको छ ।
टेलिकम रामेछापका कार्यालय प्रमुख बिष्णु भण्डारीले पत्रकार सम्मेल नै गरी टेलिकमले रामेछाप जिल्लामा आफ्नो सेवामा सुधार गर्दै लगेको बताएका थिए । उनले ल्याण्डलाइन तथा एडिएसएल सेवा एमएसएजि स्वीचमा माईग्रेट गरिएको जानकारी दिएका थिए । ५ सय ४४ लाइन मात्र क्षमता भएको टेलिफोन एक्सचेन्ज विस्थापित गरी ५ सय ७५ एमएसएजि स्वीच जडान गरि सो एक्सचेन्जबाट ल्याण्ड लाइन तथा एडिएसएल सेवा संचालनमा ल्याई गुणस्तरीय सेवा दिएको उनले दावि गरेका थिए ।
उनले जिर्ण रहेको टेलिफोनको केवल नेटवर्क सुधार गरि चुस्त दरुस्त राखिएको, कम्प्युटराइज कम्प्लेन म्यानेजमेन्ट सिस्टम सुरु गरिएको पनि दावि गरेका थिए ।  अहिले एकैदिनमा पटक पटक एडिएसएल नेट जाने आउने हँुदा जिल्लामा सञ्चालित संचार माध्ययमहरु धेरै प्रभावित भएका छन् । आपूmहरुको समस्या बारे टेलिकमलाई जानकारी गराउदा १० मिनेट राउटर बन्द गर्नु भन्ने गरेको संचारमाध्ययममा कार्यरत संचारकर्मीहरुको भनाई छ  । दिनमा १० औ पटक १० मिनेट नेटको राउटर बन्द गर्दा दिक्क भैसकेको उनीहरुको भनाई छ । टेलिकमले बिभिन्न चाडपर्वका अवसरमा बिभिन्न अफरका प्याकेजहरु ल्याउने तर नियमित दिने सेवा सुविधा भने गुणस्तरहिन हुदै गएको सेवाग्राहीहरुको गुनासो छ ।
नेपाल टेलिकम रामेछापका प्रमुख भण्डारीले सर्वरमा समस्या आएको कारण केहीदिन यता देखि सेवा प्रभावित भएको बताए । उनले यस विषयमा माथिल्लो निकायमा आइनबार लिखित रुपमा जानकारी गराउने बताए । उनले समस्यामा कहिलेसम्म समाधान हुने भन्ने बारेमा बताउन गारो भएको बताए ।