स्ववियू चुनावका लागी रामेछापको मन्थली क्याम्पसमा उम्मेद्वारी दर्ता

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १४ २०७३
  • तामाकोसी खबर

रामेछाप । १४ ,फाल्गुण ,
आठ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि शनिबार देशभरका क्याम्पसहरुमा विद्यार्थीहरुले खुल्ला तर्फको मनोनयन दर्ता गरेका छन् । रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसमा पनि तीन विद्यार्थी सङ्गठनले शनिवार उम्मेद्वारी दर्ता गराएका छन् ।
फाल्गुण १८ गते हुने स्ववियु चुनावका लागि सदरमुकाम मन्थलीमा विद्यार्थी सङ्गठनले तामझामका साथ उम्मेदारी दिएका हुन् । निकै तामझामका साथ नेपाल विद्यार्थी संघका तर्फबाट सुन्दर घिमिरे, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिएनका तर्फबाट कपिल मगर र अखिल क्रान्तिकारीका तर्फवाट जयदिप मगरले स्वतन्त्र विद्यार्थी युनिएनको सभापति पदमा लागी उम्मेद्वार दर्ता गराएका छन् ।
आफ्नो उम्मेद्वारी दर्ता गराएपछि नेपाल विद्यार्थी संघका उम्मेदवार सुन्दर घिमिरेले रणनितिक रुपमा आपूmले चुनाव जितिसकेको दावि गरे । अब परिणाममुलक जिताका लागी आपूmहरु प्रतिक्षामा रहेको उनले बताए । उनले मन्थली क्यम्पसका विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउनका लागी पनि आपूm स्ववियु सभापति हुनु आवश्यक रहेको बताए । आपूm स्ववियु सभापति भए मन्थली क्याम्पसको शैक्षिक सुधारका लागी नेविसंघ जुनसुकै परिणमा चुकाउन तयार रहेको बताए ।
त्यस्तै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिएनका तर्फबाट स्ववियु सभापतिका लागि उम्मेद्वारी दिएका कपिल मगरले बाहिरको हल्ला भन्दापनि अपूm विद्यार्थीले दिने मत परिणाममा विश्वास राख्ने बताए । उनले अरुले गरेको हावादारी कुरा सुनेर नहिड्ने भन्दै स्ववियु सभापति को हुन्छ भन्ने कुरा विद्यार्थीले दिने मत परिणाम पछिमात्रै थाहा हुने बताए । उनले मन्थली क्याम्पसमा किताबी शिक्षामात्रै नभई ब्यवहारीक शिक्षामा जोड दिएर सम्पुर्ण विद्यार्थीहरुको शिक्षालाई व्यवहारिक शिक्षा बनाउनका लागी आपूmले स्ववियु सभापतिमा उम्मेद्वारी दिएको बताए । उनले सरकारले ल्याएको विद्यार्थीको शैक्षिक प्रमाणपत्र राखेर ऋण लिनपाउने व्यवस्थालाई काडाईका साथ कार्यान्वयनमा ल्याउनका लागि आपूm लागि पर्ने बताए । उनले मन्थली क्याम्पस भित्र विभिन्न विकृति र बिसङ्गती रहेकाले त्यसको अन्तको लागि आप्mनो उम्मेदवारी भएको बताए ।
त्यस्तै अखिल क्रान्तिकारीका तर्फबाट सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका जयदिप मगरले मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसका विद्यार्थीहरुका शैशिक गुणस्तर उकास्नका लागी आफूले उम्मेद्वारी दर्ता गराएको बताए । उनले आपूm शिक्षामा विश्वास गर्ने ब्यक्ति भएकाले सबै कुराको सुधार शिक्षामा सुधार भएमात्र हुन्छ भन्ने अभियानमा लागेको बताए । उनले अहिलेको शिक्षालाई व्यवहारिक बनाउन अत्याआवश्यक रहेको बताए ।
यस अघि ३ वटै विद्यार्थी संगठनले मोटरसाइकल र्याली गरी उम्मेदवारी दर्ता गर्न क्याम्पसमा पुगेका थिए । उम्मेदवारी दर्ता गरेपछि पनि मोटरसाइकल र्यालीले मन्थली बजार परिक्रमा गरेको थियो ।