रामेछाप । १४ ,फाल्गुण ,
सरकारी विद्यालयहरुमा गुणस्तरीय पठनपाठन नभएको भन्दै आलोचना भई रहेको बेला रामेछापको डहु मावि वेथान भने उत्कृष्ट पठनपाठन गर्ने नमुना विद्यालय बनेको छ । विद्यालयका शिक्षकहरुको मेहनेत, विद्यार्थीको लगाव र अभिभावको सहयोगका कारण सो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय बनेको छ ।
डहु मावि वेथान रामे
छाप जिल्लाको दुर्गम वेथान गाविसमा स्थापना भएको सामुदायीक विद्यालय हो । तामाङ समुदायको वसोबास रहेको डहुमा सुरुमा प्राथमिक विद्यालय स्थापना भएको थियो । स्थानीयलाई आप्mना बालबच्चालाई पढाउन टाढा पठाउनु पर्ने भउपछि चन्दासंकलन गरी माविसम्मको अनुमति लिएर विद्यालय सञ्चालनमा ल्याएका थिए । शिक्षकहरुको मेहनेत र विद्यार्थीको लागावको कारण विद्यालयमा प्रभावकारी पठनपाठन भएपछि सो विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषयमा उमाविसम्मको पठनपाठान हुन लाग्यो ।
अहिले विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म अंग्रेजी माध्यममा नै पठनपाठन हुने गरेको विद्यालयकी शिक्षिका सुधा घिसिङ बताउँछिन् । विद्यालयमा कक्षा ५ देखि ८ सम्म विहान ८ बजेदेखि ५ बजेसम्म र ९ देखि १२ सम्मका विद्यार्थीहरुको लागि विहान ६ बजेदेखि साँझ ६ बजेसम्म पठनपाठन हुने गरेको उनले जानकारी दिइन् ।
आपूmहरुले अंग्रेजी माध्यममा गाउँमा नै गुणस्तरीय शिक्षा प्राप्त गरी रहेको विद्यालयका छात्रछात्राहरु बताउँछन् ।
विद्यार्थीहरुको लगाव, शिक्षकको मेहनेत र अभिभावकले उचित वातावरण बनाई दिएकै कारण विद्यालयले गुणस्तरीय शिक्षा दिन सकेको सो विद्यालयका शिक्षक मोहन महत बताउँछन् ।
डहुमावि रामेछाप जिल्लाको मात्र हैन मध्यमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट विद्यालयमा पर्दछ । विद्यालयको भौतिक पूर्वाधारदेखि पठनपाठनसम्म सबै कुरामा यो विद्यालय उत्कृष्ट बनेको छ । गर्यो भने सरकारी विद्यालयले पनि गुणस्तरीय शिक्षा दिनसक्छन् भन्ने नमुना डहु माविले देखाएको छ । अन्य सरकारी विद्यालयले पनि यो विद्यालयको सिको लिनु आवश्यक छ ।
सामुदायी विद्यालयकै नमुना विद्यालय डहु मावि बेथान
- प्रकाशित मिति: शनिबार, फाल्गुन १४ २०७३
- तामाकोसी खबर