रामेछाप । ११ ,फागुन,
सामुदायिक सेवा केन्द्र मन्थली रामेछापको अध्यक्षमा बिरेन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् । सदरमुकाम मन्थलीमा मंगलबार सम्पन्न सामु
दायिक सेवा केन्दको चौथो साधारण सभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यि नया समिति बनाएको हो । नवगठित समितिको उपाध्यक्षमा कृष्ण प्रसाद उप्रेती ,सचिवमा नवराज पथिक, कोषध्यक्षमा शुरेस उदास निर्विरोध चयन भएका छन् । त्यसैगरी राजन बुढाथोकी ,तारादेवी मगर, यमुना लामा योञ्जन, यमुना माझी, बाशुदेव विक, समल कार्की, कविता श्रेष्ठ, कृष्ण बहादुर बस्नेत र जिल्ला प्रहरी कार्यालयका कर्मचारी १ जना केन्द्रको सदस्य रहेका छन् । अबिधेशनले ५ सदस्यि सल्लाहाकार समिति पनि बनाएको छ ।
सामुदायिक सेवा केन्द्र मन्थलीको अध्यक्षमा बिरेन्द्र श्रेष्ठ
- प्रकाशित मिति: बुधबार, फाल्गुन ११ २०७३
- तामाकोसी खबर