रामेछाप । १०,फागुण ,
रामेछापको सदरमुकाम मन्थलीमा जिल्ला विकास योजना पक्रियामा विपद् जोखिम न्युनिकरण मुलप्रवाहीकरण विषयक दुई दिने तालिम
सोमबारबाट शुरु भएको छ । तालिम सहभागितामुलक समावेशी योजना तर्जुमा , स्थानिय स्रोत परिचालन कार्यविधि र विपद् जोखिम न्युनिकरणका विषयमा विषयगत समितिका सदस्यहरुका लागि युरोपियन युनियनको आर्थिक सहयोग तथा मिशन इष्टको सहकार्य
मा सामुदायिक विकास समाजले आयोजना गरिएको हो । सामुदायिक विकास समाज मन्थली रामेछापका उपाध्यक्ष रोशन पाख्रिनको अध्यक्षतामा रहेको उक्त तालिमको तालिमको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र र निमित्त स्थानिय विकास अधिकारी लक्ष्मि प्रसाद अधिकारले संयुक्त रुपमा उद्धाटन गरेका छन् । तालिममा पुर्ननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्य र जिल्ला विकास समितिका योजना अधिकृत गोबिन्द कट्टेलले सहजिकरण गरिहेका छन् ।
मन्थलीमा जोखिम न्युनिकरण विषयक दुई दिने तालिम
- प्रकाशित मिति: मंगलबार, फाल्गुन १० २०७३
- तामाकोसी खबर