ओखलढुंगा । ९,फागुण ,
ओखलढुंगा जिल्लाको पश्चिमी भेगका गाविसका नागरिकहरुले राजधानी काठमाण्डौसम्म सिधै बस यात्रा गर्न पाउने भएका छन् । जिल्लाको
टारकेराबारी, गाम्नाङटार लगाएतका गाबिसहरु काठमाण्डौसंगको सिधा यातयातमा जोडिएसंगै त्यहाका नागरिकहरु बस परिवर्तन गर्नुपर्ने झन्झटवाट मुक्त भएका हुन् । ओखलढुंगा र रामेछापको सिमाना लिखु खोलामा पानीको बाहब घटेसंगै सो क्षेत्रमा अरनिको यातयात सञ्चालमा आएको छ । अहिले अरनिको यातयात सेवा समितीले टारकेराबारी,गाम्नाङटार , रामेछापको सैपु हुदै काठमाण्डौ सम्ममा यातयात सञ्चालन गरेपछि स्थानिय खुशी भएका छन् । पहिले सो क्षत्रका नागरीक सवारी साधन चड्नका लागी रामेछापको सैपु,धोबि शिरिसे पुग्नुपर्ने बाध्यता रहेको भएपनि अब भने हटेको स्थानियले बताएका छन् । आफ्नै गाउघरबाट गाडि चढि काठमाण्डौ सम्म जानपाउदा आफुहरु निकै हर्शिद भएको स्थानियहरुको भनाई छ । अहिले १६ किलो मिटर लामो उक्त सडकखण्डमा अरनिको यातयातले दैनिक रुपमा सेवा दिदै आएको छ ।
ओखलढुंगाको पश्चिमी गाविसहरु सिधै काठमाण्डौसंगको सिधा यातयातमा जोडियो
- प्रकाशित मिति: सोमबार, फाल्गुन ९ २०७३
- तामाकोसी खबर