पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो,कति बढ्यो त ?

  • प्रकाशित मिति: शुक्रबार, माघ १९ २०७४
  • तामाकोसी खबर

काठमाडौं,माघ १९ –नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर बढाएको निगमले जनाएको छ । अब पेट्रोल एक लिटरको १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ पर्ने भएको छ । यसअघि मंसिर २२ र पुस ४ गते मूल्य बढाएको निगमले फेरि पनि भाउ बढाएको हो ।



अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र निगमलाई इन्धन उपलब्ध गराउने भारतीय आयल कर्पोरेशनबाट पनि मूल्य बढेर आएकाले भाउ बढाउनुपरेको निगमले जनाएको छ ।