रामेछापको मन्थलीमा मतदाता प्रशिक्षक प्रशिक्षण तालिम

  • प्रकाशित मिति: सोमबार, कार्तिक २० २०७४
  • तामाकोसी खबर

रामेछाप । कार्तिक २० गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मंसिर १० गते हुने प्रतिनिभिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि २ दिने मतदाता प्रशिक्षक प्रशिक्षण तालिम सोमबारबाट सुरु भएको छ । मत बदर हुने सम्भावनालाई कम गर्ने उदेश्यले नेपाल मतदाता शिक्षा मञ्च जिल्ला कार्यसममिति रामेछापले तालिमको आयोजना गरेको हो । मतदाता शिक्षा मञ्च जिल्ला कार्यसममिति रामेछापका अध्यक्ष बद्री नयाघरेको अध्यक्षतामा भएको कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लमिछानेले मतदाता शिक्षालाई गाउँगाउँमा प्रभावकारी ढंगले लानुपर्ने बताए ।
उनले तालिममा सहभागिहरुलाई मतदाता शिक्षाका बारेमा पुर्ण भएर बदर हुने मतलाई कम गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाहा गर्न आग्रह गरे । उनले मतदाता शिक्षा प्रदान गर्ने संस्थाहरुको कामको प्रभाव नजिकबाट हेर्ने बताए । मत गन्दा गैरसरकारी संस्थाहरुले मतदाता शिक्षा कार्यक्रम संचालन गरेका ठाउँलाई ध्यान दिने र त्यसपछि कामको मुल्याङकन गर्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गरे । उनले विगतमा निर्वाचन कार्यालय र विभिन्न गैरसरकारी संस्थाहरुले संचालन गरेको मतदाता शिक्षा कार्यक्रम सोचेअनुरुप प्रभावकारी हुन नसकेकाले यसमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा पत्रकार हिमाल ढुंगेल र युनिक विफा घिसिङले पनि सबैले आआफ्नो स्थानबाट सकेको सहयोग गरि बदर हुने मतलाई घटाउनुपर्नेमा जोड दिए । उनीहरुले बदर हुनसक्ने मतलाई कम गर्नका लागि तालिममा सहभागिहरुको ठुलो भुमिका हुने बताए । तालिममा सहभागिहरुलाई मतदाता शिक्षा मञ्च काठमाण्डांैका हिमाल महतले प्रशिक्षण दिरहेका छन् । मतदाता शिक्षा मञ्च रामेछापका १५ जना कार्यसमितिको सहभागिता रहेको तालिम मंगलबारसम्म संचालन हुने संस्थाका सचिव लेख बहादुर बिकले जानकारी दिए ।