मन्थलीमा विपद् पुर्व तयारी सम्बन्धी जिल्ला स्तरिय नमुना अभ्यास, सयौंले अबलोकन (भिडियो सहित )

  • प्रकाशित मिति: बिहिबार, भाद्र २२ २०७४
  • तामाकोसी खबर

२२ भदौ ।
रामेछाप जिल्लाको मन्थलीमा विपद् पुर्व तयारी सम्बन्धी जिल्ला स्तरिय नमुना अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ । विपद् प्रतिकार्यका लागि जिल्ला दैविक प्रकोप उद्धार समितिको आयोजनामा बाढि, पहिरो र आगलागीमा आधारित जिल्ला स्तरिय नमुना अभ्यास भएको हो ।

कार्यक्रममा बाढी पहिरो र आगालागी भइहालेको अबस्थामा के गर्न सकिन्छ भन्ने विषयमा विभिन्न नमुना अभ्यासहरु देखाइएको थियो । मन्थलीको हाठेचौर नजिक एयरपोर्टमा भएको अभ्यास कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी दिलिप लामिछाने, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, पत्रकार, नागरिक समाज लगाएत जिल्लाका सयौ अबलोकनकर्ताहरुले साथ दिएका थिए । नमुना अभ्यासले धेरै कुुराहरु सिकेको र फेरी–फेरी यस्ता नमुना अभ्यासको आबश्यकता रहेको अबलोकनकर्ताहरुको भनाई छ ।



नेपालको भुकम्प प्रभावित क्षेत्रहरुमा पुर्नलाभ तथा पुनर्निमाणका लागि समुदायमा आधारित समाबेशी विपद् पुर्व तयारी प्रबद्र्धन कार्यक्रम अन्तर्गतका सामुदायिक विकास समाज मन्थली, सवल परियोजना लगाएत विभिन्न साझेदारी संस्थाहरुको सहयोग र यसका विभिन्न विषयगत सदस्यहरुः जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना (नन्दबक्स गण), सशस्त्र प्रहरी बल नेपाल, जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र, नेपाल रेडक्रस सोसाइटी, मन्थली नगरपालिका र रामेछाप नगरपालिका लगाएतको सहकार्यमा कार्यक्रम भएको थियो ।

(भिडियो सहित )

https://www.youtube.com/watch?v=ccFxfeVdlbA