रामेछाप, रामेछापका प्रतिनिधि सभा सदस्य डा. कृष्णहरी बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेको एक स्टाटसलाई लिएर चौतर्फी आलोचना सुरु भएको छ। जनप्रतिनिधि जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट जनभावना समेट्ने भन्दा पनि अहमता झल्किने शैलीमा अभिव्यक्ति आएको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन्।
डा. बुढाथोकीले आफ्नो फेसबुक स्टाटसमा “हिजो गाउँघर नगएको अवस्थामा जनप्रतिनिधिले मतदाता बिर्स्यो भन्ने झोले ज्याम्टेले जनताको गुनासो/सुझाव सुनेको भिडिओ राख्दा कति सुनेको काम गर्नी भनेर लेख्छ । पख तेरो नुन पानी अब १ वर्ष हो..!!” भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेका छन्।
उक्त स्टाटसपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। धेरैले जनताको मतबाट निर्वाचित प्रतिनिधिले आलोचना सहन सक्नुपर्ने, सु
स्थानीय नागरिकहरूले भने जनप्रतिनिधिले जनता र मतदातालाई सम्मान गर्दै विकास, सेवा र उत्तरदायित्वमा केन्द्रित हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा तर्क, आलोचना र सुझाव आउनु स्वाभाविक भए पनि त्यसलाई धम्कीपूर्ण वा हेपाहा भाषामा उत्तर दिनु शोभनीय नभएको प्रतिक्रिया आइरहेको छ।
यस घटनाले जनप्रतिनिधिको अभिव्यक्ति शैली, सामाजिक उत्तरदायित्व र जनताप्रतिको व्यवहारबारे फेरि प्रश्न उठाएको छ।