बागमती प्रदेशले प्रहरीका लागि ८५ मोटरसाइकल खरिद गर्ने

  • प्रकाशित मिति: शनिबार, असोज ११ २०८२
  • तामाकोशी

हेटौंडा। जेनजी आन्दोलनका क्रममा बागमती प्रदेश प्रहरीका सवारीसाधनमा ठूलो क्षति पुगेपछि प्रदेश सरकारले प्रहरीलाई ८५ वटा नयाँ मोटरसाइकल उपलब्ध गराउने भएको छ।

करिब ३ करोड रुपैयाँ लागतमा खरिद हुने मोटरसाइकल इलाका प्रहरी कार्यालयका लागि ३०, उपत्यका प्रहरीका लागि ३० र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा वितरण गरिने आन्तरिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए।



उनका अनुसार अधिकतम १६० सीसी क्षमताका र ३ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकल खरिद गरिनेछ। चाडपर्वमा सुरक्षालाई संवेदनशील मान्दै मोटरसाइकल दिने निर्णय गरिएको मन्त्री तामाङको भनाइ छ।