रामेछाप कांग्रेस विवाद उग्र बन्दै: २ पक्राउ, ६ फरार

  • प्रकाशित मिति: सोमबार, असार ११ २०८१
  • तामाकोशी

रामेछाप – नेपाली कांग्रेस रामेछापमा पार्टीभित्रको विवादले उग्ररुप लिएको छ । रामेछाप नेपाली कांग्रेसका नेताहरु ज्यान मार्ने मुद्दामा मुछिएका छन् । ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा एक प्रदेशस्तरीय नेता र अर्का नेपाली संघका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध महाशाखाले शुक्रबार राजधानीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि रामेछाप जिल्ला प्रहरी कार्यालय पठाएको छ ।



उक्त घटनामा अन्य ६ जना फरार रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार हुनेमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरतप्रसाद चौलागाईं, महासमिति सदस्य जितेन्द्रकुमार मोक्तान, जिल्ला उपसभापति नवराज थोकर, जिल्ला पार्टी सचिव विनोद कार्की, रामेछाप प्रदेश ख क्षेत्रीय सचिव बेनबहादुर थापा मगर र पूर्व जिल्ला सचिव विष्णु बस्नेत छन् ।

उनीहरुलाई प्रहरीले खोजी गरिरहेको पनि जनाइएको छ ।