काठमाण्डौ । बाग्मती प्रदेशमा आजदेखि तामाङ र नेपाल अर्थात् नेवारी भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन भएको छ । बाग्मती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० वैशाख २४ गतेदेखि लागू भएको हो । यसै अवसरमा सोमबार काठमाण्डौको वसन्तपुरमा विशेष कार्यक्रम भएको छ । बाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेवार र तामाङ समुदायका झाँकीसहितको ¥याली निकालिएको छ । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्डमा नेपाली भाषासँगै तामाङ र नेपाल भाषा पनि लेखिने छ । बाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले गएको कात्तिकमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा हुने राजपत्रमा प्रकाशन गरेको थियो ।
बाग्मती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयनमा
- प्रकाशित मिति: सोमबार, बैशाख २४ २०८१
- तामाकोशी