रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते अवार्ड

  • प्रकाशित मिति: बिहिबार, मंसिर २ २०७८
  • तामाकोशी

एजेन्सी । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सीले गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड जितेका हुन् ।

भोटिङको अन्तिम दिनसम्म रोनाल्डो अघि रहेपनि २४ घण्टाको नतिजामा मेस्सीले थोरै मत अन्तरले रोनाल्डोलाई पछि पारेका हुन् ।यो सँगै मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी पनि गरेका छन् ।



रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् । मेस्सीले यस वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । महिलातर्फको अवार्ड बार्सिलोनाका स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले प्राप्त गरिन् ।