सिरहा । सिरहाको गोलबजारमा नक्क’ली नोट छाप्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्रा’उ गरेको छ।
पक्रा’उ पर्नेहरुमा कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय रहेको सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले जनाकारी दिए ।
विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्रा’उ गरेको जनाएको छ । केही दिन अघिदेखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्क’ली नोट छापिरहेको अबस्थामा पक्रा’उ गरिएको उनले बताए । प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने च’क्कु समेत थान बरामद गरेको छ ।
प्रहरीका अनुसार ३ लाख नक्क’ली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ । एपीएफ टोलीले पक्रा’उ परेकाहरुलाई बरामद नक्क’ली रुपैयाँसहित आवश्यक कार’वाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।