मंसिर ३ गतेदेखि खुलामञ्चमा निःशुल्क भोजन गराउन प्रति’बन्ध

  • प्रकाशित मिति: शनिबार, कार्तिक २२ २०७७
  • तामाकोशी

काठमाडौं । आउने मंसिर ३ गतेदेखि काठमाडौंको खुलामञ्चमा विपन्नलाई निःशुल्क खाना नखुवाइने भएको छ। कोरोना महामारी सुरु भएयता विभिन्न संघ संस्थाले खुलामञ्चमा गरिरहेको निःशुल्क खाना वितरण कार्यक्रम तिहारको भाइटीकाको भोलिपल्ट (मंसिर ३ गते) देखि बन्द गरिने भएको हो।

त्यसरी खुला ठाउँमा खाना खुवाउने गर्दा असुरक्षित तथा फोहोर भई कोरोना संक्रमणको जोखिम झन् बढ्ने भएको भन्दै शुक्रबार काठमाडौं महानगरपालिका र नि:शुल्क खाना खुवाउने संघरसंस्थाका प्रतिनिधिबीच खुला र सार्वजनिक स्थानमा त्यस्तो कार्यक्रम नगर्ने नगराउने सहमति भएको हो।



विपन्न, असहायलाई निःशुल्क खाना खुवाउन चाहनेले मंसिर २ गतेदेखि अन्य वैकल्पिक स्थान (सुरक्षित र बन्द स्थल) पहिचान गरी खुवाउनुपर्ने सहमति पत्रमा उल्लेख छ।