रामेछापको डफ्का स्थित माझी गाउँमा निर्माणाधीन एकीकृत नमुना बस्ती

  • प्रकाशित मिति: शनिबार, कार्तिक २२ २०७७
  • तामाकोशी

रामेछाप । कार्तिक २२ गते ,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ डफ्काको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सरकारको डेढ करोड रुपैयाँ र गाउँपालिकाको ७५ लाख रुपैयाँलगानीमा वस्ती निर्माणको काम चलिरहेको छ । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा निर्माणाधिन एकीकृत बस्तीमा ४२ वटा २ कोठे घर सहितका शौचालय बनिसकेका छन् । बस्ने घर बनिसकेको भए पनि बस्तीमा अझै अन्य संरचना निर्माणको काम भने बाँकी नै छ । सामूहिक रुपमा बनेको सो बस्तीलाईसामूहिक हितमा हुनेगरी परिचालन गर्ने योजना स्थानीयवासीले बनाइसकेका छन् । नमुना बस्तीमा घरका साथै सभा हल,स्वीमिङ पुल पनि बन्ने छन् । बस्तीलाई अन्य आवश्यक पुर्वाधार समेत निर्माण गरि पर्यटकलाई आकर्षित गर्ने योजना रहेको खाँडादेवी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । बस्ती सोचियभन्दा सुन्दर बनेको छ , अब यसलाई होम स्टेको रुपमा विकास गरीनजिकैको सुनकोसी नदीमा डुंगा र ¥याफ्टिङ समेत सञ्चालन गरेरपर्यटकलाई आकर्षित गर्ने योजना बनाएका छौँ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । खाँडादेवी गाउँपालिकामा पर्यटन प्रवर्धनको लागि यो बस्तीले महत्वपूर्ण भूमिका खेल्ने खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठको पनि विश्वास छ । माझी संस्कृतिको अवलोकनका साथै सुनकोसीमा ¥याफ्टिङ र डुंगा चलाउन सकिने ठुलो संभावना छ , यी कार्यहरु गर्नसके यो बस्तीले सिङ्गो गाउँपालिकाकै पर्यटन विकासमा सहयोग पुर्याउने छउपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।