रामेछाप । कार्तिक १८ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुका आगलागि पीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले राहात प्रदान गरेको छ । सोमबार आगलागि भएको पाँच घण्टामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट राहत प्रदान गर्नुभएको हो । घटना भएको २४ घण्टा भित्र राहत सामग्री उपलब्ध गराउने सरकारको निति अनुसार प्रमुख जिल्ला अधिकारी शर्माले घटना स्थलमै पुगेर राहत स्वरुप नगद ४० हजार रुपैयाँ सहित , लक्ता कपडा, टेन्ट त्रिपाल र राहत किट लगाएका सामाग्रीहरु प्रदान गर्नुभएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्षमाण भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागिबाट क्षेती भएको मनोज बुढाथोकीका परिवारलाई १५ हजार रुपैयाँ,नारायण बुढाथोकीका परिवारलाई १५ हजार रुपैयाँ र मक्कर बहादुर बुढाथोकीका परिवारलाई दश हजार रुपौयाँ राहात रकम प्रदान गरिएको छ । सोमबार दिउँसो आगलागि हुँदा ३ घर जलेर नष्ट हुँदा १७ लाख बरावरको धनमाल क्षति हुनुका साथैै १ जना वालक गम्भिर घाइते भएका थिए । विद्युत सट भई स्थानीय जुना बुढाथोकीको घरबाट शुरु भएको आगलागि कारण उक्त घर सँगै रहेका अरु २ घर पनि जलेर नष्ट भएका थिए । आगलागि भए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र किर्नेबाट गएको नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिई उद्धारको काम गरेका थिए ।
गेलुका आगलागि पीडितलाई राहात प्रदान
- प्रकाशित मिति: मंगलबार, कार्तिक १८ २०७७
- तामाकोशी