५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

  • प्रकाशित मिति: मंगलबार, कार्तिक ११ २०७७
  • तामाकोशी

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको,कोरोना सङ्क्रमणबाट मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा।विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ ।