पैसा बाँ’डेको आरो’पमा सचिवालयको स्प’ष्टीकरणः भुल’बस पत्रकारको हातमा पैसा पुग्यो

  • प्रकाशित मिति: मंगलबार, कार्तिक ४ २०७७
  • तामाकोशी

काठमाडौं । कांग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाका निजी सचिव भरत तिवारीले भुल’बस पत्रकारका हातमा पैसा पुगेको स्प’ष्टीकरण दिएका छन् ।

केही सञ्चारमाध्याममा कांग्रेस महामन्त्री कोइरालासँग जोडेर पत्रकारलाई दशैं खर्च दिइएको समाचार बाहिर आएपछि सचिव तिवारीले सामाजिक सञ्जालमार्फत सो स्प’ष्टीकरण दिएका हुन् । तिवारीले राजकुमार नाम गरेका एकजना आफन्तले केही दिनअघि दसैं खर्च दिनका लागि अनु’रोध गर्दै आएको र आफु सो खर्च दिन पुग्दा असा’बधानीबश गल’त नम्बरमा कल गएको र हतारमा गरिएको सम्वादका कारण भूल’वस कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिँदा ती सहयोगीको हातमा रकम पर्न गएको स्प’ष्ट पारेका छन् ।



सचिव तिवारीले भनेका छन्, यो विषयलाई महामन्‍त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु। समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्या’दाप्रति म सचेत र संवेदनशील रहेको स्प’ष्ट पार्न चाहान्छु।’