रामेछाप । कार्तिक १ गते,
रामेछापका ११५ जनाको पीसीआर रिपोर्ट आउँन अझै बाँकि छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बुधबार स्वाब संकलन गरिएका दोरम्बा गाउँपालिकाका ४७ जना ,शनिबार स्वाब संकलन गरिएका खाँडादेवी गाउँपालिकाको ५२ जना र सुनापति गाउँपालिकाको १६ जनाको रिपोर्ट आउन बाँकि रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म जिल्लामै स्वाब संकलन गरिएका १४१ जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये ७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले जिल्ला अस्पतालमा १७ जना , तामाकोसी अस्पतालमा दुईजना , मन्थली नगरपालिकामा २९ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना , रामेछाप नगरपालिकामा ९ जना , उमाकुण्ड गाउँपालिकामा दुईजना ,दोरम्बा गाउँपालिकामा एकजना , गोकुलगंगा गाउँपालिकामा चारजना , खाँडादेवी गाउँपालिकामा एकजना र सुनापति गाउँपालिकामा एकजना गरि ६९ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा १९८ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ६४०, रामेछाप नगरपालिकामा २६८ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १०७ जना गरि दुईहजार एकसय ३९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ११५ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले दुईजना महिला र २३ जना पुरुष गरि २५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ४१ जना र एकसय जना पुरुष गरि १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।