आफु विरु’द्ध मिडियाले गलत लेखेको भन्दै वडाध्यक्षद्धारा गम्भि’र ध्याना’कर्षण

  • प्रकाशित मिति: मंगलबार, असोज २७ २०७७
  • तामाकोशी

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ साबिकको सैपु गाविसको विद्युतिकरणको विषयमा विभिन्न मिडियाहरुमा आएको समाचार प्रति वडाध्यक्षले गम्भि’र ध्याना’कर्षण भएको जनाएको छ ।
लिखुतामाकाशी गाउँपालिका उज्यालो अभियान अन्तर्गत वडा नम्बर २ सैपुमा विद्युतिकणको सवालमा वडा अध्यक्ष पदमबहादुर तामाङले मिडियाहरुले आफु विरु’द्ध अनर्गल हल्ला फिजाएको विज्ञप्ती मार्फत गम्भि’र ध्याना’कर्षण भएको जनाएको हो ।
“स्थानिय विद्युत उपभोक्ताहरुसंग समन्वय गरी वडाकार्यपालिकाको बैठकको निर्णय अनुसार र विद्युतप्राधिकरणले मिटर बक्सको लागि उठाउने रकम यकिन नगरेको हुँदा प्रति घरधुरी रु २७०० का दरले वडा कार्यालयले उठाएको रकमको सम्बन्धमा विभिन्न अनलाइन मिडिया तथा पत्रपत्रिकाहरुले भ्राम’क समचार सम्प्रेषण गर्दै आएको हुँदा हाल यस क्षेत्रमा विद्युतिकरणको काम पुर्ण रुपमा सम्पन्न गरी सार्वजनिक सुनुवाई समेत नभएकोले सम्बन्धित मिडियाकर्मीहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौ” विज्ञप्तीमा उल्लेख गरिएको छ।
वडा अध्यक्षद्धारा हस्ताक्षर गरेको विज्ञप्तीमा गत आर्थिक वर्षमा सोही वडा भित्र मिटर जडान गर्ने व्यक्तिहरुले आफुखुसी रकम असुल गरेको विषयमा समेत खोजी गरीदिन मिडियाकर्मीलाई अनुरोध गरेको छ ।
साथै “जिल्ला प्रहरी कार्यालयमा विद्युतिकरणको सवालमा पैसा फिर्ता गर्छु भनि कागज गरिएको भन्ने भ्राम’क हल्ला समेत सत्य नरहेको व्यहोरा जानकारी गराउदछौं” विज्ञप्तीमा भनिएको छ ।