रामेछाप । असोज २६ गते,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मन्थली क्याम्पस कमिटीले कोरोनाका कारण पठनपाठन अवरुद्ध भएको अवधिको शुल्क मिनाहा गर्न माग गरेको छ । अनेरास्ववियुले विश्वरभर फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्न सरकारले जारी गरेको लकडाउन तथा स्थानीय प्रशासनले पटक पटक जारी गरेको निषेधाज्ञाका कारण गत चैत ११ गतेदेखी हालसम्म पठन पाठन अवरुद्ध भएका कारण विद्यार्थीसंग लिइदै आएको मासिक शुल्क मिनाहा गर्न माग गरेको हो । सोमबार शुल्क मिनाहाको माग सहित मन्थली क्याम्पस प्रमुख ऋषी कार्कीलाई ध्यानाकर्षणपत्र पत्र बझाइएको अनेरास्ववियु मन्थली क्याम्पस कमिटीका नेता राजेन्द्र खड्काले बतउनुभयो ।
कोरोना भाइरसका कारण पढाई नभएको अवधिको शुल्क मिनाहा गर्नुपर्ने आफुहरुको मागका बारेमा बेवास्ता गरे आन्दोलन गर्ने समेत अनेरास्ववियुले चेतावनी दिएकोे छ । क्याम्पस तथा विद्यालयले कोरोना प्रभावकै बिचमा विभिन्न अनलाइन तथा वैकल्पिक विभिबाट गरिएको पठन पाठन पनि प्रभावकारी नभएको अनेरास्ववियुको ठहर छ । ध्यानाकर्षणपत्र बुझ्दै क्याम्पस प्रमुख कार्कीले वर्तमान अवस्थामा अनेरास्ववियुले उठाएको माग जायज भएकाले माग पुरा गर्ने आश्वासन दिनुभएको अनेरास्ववियु मन्थली क्याम्पस कमिटीका अर्का नेता सफल दाहाले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पस प्रमुख कार्कीले विद्यार्थीहरुका मागका बारेमा क्याम्पस संचालक समिति र विद्यार्थी संगठनलाई राखेर छलफल गरेर निष्कर्ष पुग्ने बताउनुभएको छ ।
अनेरास्ववियु मन्थली क्याम्पस कमिटीले बुझाएको ध्यानाकर्षणपत्र हेर्नुहोस्
