रामेछापका १७५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ३५ जना क्वारेन्टीनमा

  • प्रकाशित मिति: आइतबार, असोज २५ २०७७
  • तामाकोशी

रामेछाप । असोज २४ गते,
रामेछापका १७५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले विभिन्न समयमा स्वाब संकलन गरिएका १७५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको जानकारी दिनुभयो । जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिलेसम्म जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या एकसय तीनजना पुगेको छ । यसमध्ये ६७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । उहाँले अहिले जिल्ला अस्पतालमा १४ जना , मन्थली नगरपालिकामा ६ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना , रामेछाप नगरपालिकामा दुईजना , उमाकुण्ड गाउँपालिकामा दुईजना , लिखुतामाकोसी गाउँपालिकामा तीनजना , गोकुलगंगा गाउँपालिकामा चारजना र खाँडादेवी गाउँपालिकामा एकजना गरि ३६ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको बताउनुभयो ।
हालसम्म जिल्ला अस्पतालमा ९५ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५९७ , रामेछाप नगरपालिकामा २६८ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा ९३, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ६९, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ९१ जना गरि १ हजार ८६० जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये १७५ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र ३२ जना पुरुष गरि ३५ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला २९ जना र ८५ जना पुरुष गरि एकसय एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।