काठमाडौं । सरकारले जथाभावी हिँड्ने संक्रमितलाई कैद गर्ने चेतावनी दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमण पुष्टि भएकाहरु आइसोलेसनमा बस्न छाडेर हिँडेमा कार,बाही गर्ने जानकारी दिएका हुन् । होम आइसोलेसनमा बसेका संक्रमितहरुले बाहिरफेर घुमफिर गरेको खबर आएको भन्दै उनले आइसोलेसनमा नबसेर यसरी हिँड्नेलाई संक्रामक रोग ऐनअनुसार जेल स जाय र नगद जरि,वाना गर्ने चेतावनी दिएका हुन् ।
रोग फैलाउने कार्य गरेमा संक्रामक रोग ऐन २०२० मा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । आफ्नो घरटोल तथा छरछिमेकमा होम आइसोलेसनमा बसेकाहरुले बाहिरफेर हिँडडूल गरेको देखामा खबर गर्न पनि उनले सबैलाई आग्रह गरेका ।