रामेछापका ३२ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, ४४ जना क्वारेन्टीनमा

  • प्रकाशित मिति: बिहिबार, असोज १५ २०७७
  • तामाकोशी

रामेछाप । असोज १६ गते,
रामेछापका ३२ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका १६ जना सहित ३२ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले हालसम्म १ हजार ४१० जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ७४ जना मध्ये ५५ जना कोरोनामुक्त भैसकेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा एकजना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना , मन्थली नगरपालिकामा एकजना , रामेछाप नगरपालिकामा दुईजना र गोकुलगंगा गाउँपालिकाको आइसोलेशनमा आँठजना र लिखुतामाकोसी गाउँपालिकामा तीनजना गरि १९ संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।
हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा पाँचसय ६ , रामेछाप नगरपालिकामा १८१ , उमाकुण्ड गाउँपालिकामा १६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २२८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ५१६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ३२ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ११ जना महिला र ३३ जना पुरुष गरि ४४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २१ जना र ६३ जना पुरुष गरि ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।