काठमाडौं, असोज १० गते । नेपाली सेनामा कोरोना संक्रमितको संख्या २ हजार १९७ पुगेको छ । यसमध्ये ५३९ जना निको भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालययका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ६५६ रहेको छ । हालसम्म कोरोनाका कारण दुई सैनिकको ज्या’न गएको छ ।