रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ३ २०७४
  • तामाकोसी खबर
२ जेठ,रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेबाट शेरबहादुर सुनुवार विजयी भएका छन् । अध्यक्षमा एमालेका शेरवहादुर सुनुवार ३१७५ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिक्मत सुुनवारले भने २३१२ मत पाए ।
यसैगरी उपाध्यक्षमा एमालेको उम्मेदवार नभएका कारण नेपाली कांग्रेसकी उमिला कार्की बस्नेतले जितेकी छन् । उनले २३१३ मत पाइन् ।गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेलेका खड्ग सुनुवार विजयी भएका छन् भने उपाध्यक्षमा  राधिका श्रेष्ठ विजयी भएकी छिन् । रामेछापकको रामेछाप र मन्थली नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।