विश्वभर कोरोनाबाट ६५५ नेपालीको ज्या’न गयो

  • प्रकाशित मिति: सोमबार, असोज ५ २०७७
  • तामाकोशी

काठमाडौं, असोज ५ गते । कोरोना भाइरसको महामारीबाट विश्वभर ६ सय ५५ जना नेपालीको ज्या’न गएको छ। आइतबारसम्म कोरोना सक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ५५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको थियो। शनिबारसम्म विदेशमा २ सय ४४ जना नेपालीको र आइतबारसम्म नेपालमा ४ सय ११ जनाको ज्या’न गएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
कोभिड १९ संक्रमणदेशमा थप एकजना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ। यो साता अमेरिकामा थप एक जनाको ज्या’न गएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ। त्यस्तै नेपालमा शनिबारदेखि आइतबारसम्म ७५ जनाको ज्या’न गएको नागरिक दैनिकमा खबर छ।