काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीतको बजारमा दिन प्रतिदिन निकै नै लोकप्रिय गित बजारमा आउने क्रममा दशैँ तथा तिहारको शुभकामना सहित गायक दामोदर भण्डारी र गायिका तुलसी घर्ती मगरले नयाँ लोकदोहोरी गीत ‘छुर्पी चौँरी गाईको’ ल्याएका छन् । लय तथा शब्द दामोदर भण्डारीकै रहेको गीतको म्युजिक एरेन्जर कृष्ण बिक हुन् ।
भिडियोमा कोरियोग्राफी तथा निर्देशन कजिस श्रेष्ठको रहेको छ भने अर्जुन तिवारीको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ । म्युजिक भिडियोमा अन्जली अधिकारी, करिष्मा ढकाल, बिमल अधिकारी, लोमस शर्मा, अर्जुन गौतम र रमेश खनालको अभिनय रहेको छ ।