असोज ४, समाजसेवी एवं चर्चित हास्यकलाकार सीताराम कट्टेल “धुर्मुस”को आज जन्मदिन । २०४० असार ४ गते सोलुखुम्बुको नेचा बेतघारी गाविसमा उनको जन्म भएको हो । मेरी बास्सैमा सीतारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रियता कमायो । मेरी बास्सै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे९सुन्तली०सँग विवाह गरेका थिए । एउटा टेलिभिजनको पर्दामा रहेर सबैलाई हसाउने धुर्मुस सुन्तलीले वैशाख १२ को गोरखा भूकम्पपछिको पुनस्निर्माणमा अग्रसर छन् ।
यो जोडीले समाज र जनताको हितका लागि धेरै काम गरेका छन् । सामाजिक काममा सक्रिय रहनुभएका कलाकार सिताराम र कुञ्जनाले धुर्मुस९सुन्तली फाउण्डेशननै सञ्चालन गरेर जनसेवा गरिरहेका छन् । धुर्मस सुन्तली फाउण्डेशनले यसअघि काभ्रेको डाँडागाउँमा एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती, महोत्तरीको बर्दिबासमा मुसहर बस्ती, रौतहटको सन्तपुरमा एकीकृत दलित बस्ती बनाइसकेका छन् । अहिले धुर्मुस सुन्तली क्रिकेट रंगशाला बनाउन जुटेका छन् ।
यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सीताराम कट्टेल सहभागी छन् । ६ एकान ६, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए । अन्त्यमा एस थ्रीके अनलाइनको तर्फबाट समाजसेवी तथा चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’लाई जन्म दिनको धेरै धेरै शुभकामना ।