३ जना बच्चाको एकै ठाउँमा गयो ज्यान

  • प्रकाशित मिति: शनिबार, असोज ३ २०७७
  • तामाकोशी

दाङ । घोराही उपमहानगरपालिका–१० उत्तरअम्रईस्थित मनठोरीया पानीको कुलोमा करेन्ट लागेर ३ जना बालबालिकाको मंगलबार दिउँसो मृ,त्यु भएको छ । ख्याल नगर्दा यस्ता घटना धेरै हुँदै आएका छन् । कहिले कुलोमा, कहिलो खाल्डोमा त कहिले यस्ता मानव निर्मित दु,र्घट,नामा बालबालिका परिरहेका हुन्छन् ।

आज मृ,त्यु हुनेहरुमा सोही ठाउँ बस्ने राजु चौधरीको ४ वर्षीय छोरी रेनुका चौधरी, भाजुराम चौधरीको ८ वर्षीय छोरा प्रशान्त चौधरी र भुवन चौधरीको ३ वर्षीय छोरा अमृत चौधरी रहेको छन् । अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने राजु चौधरीको आमाको १३ दिने पुण्यतिथी सकिएकोले घर शुद्ध शान्तिको लागि उक्त कुलोबाट मोटर जोडी पानी तानिरहेको अवस्थामा करेन्ट लाग्दा ती बालबालिकाको मृ,त्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जनबोली नेटवर्कमा लेखिएको छ ।



गत बर्ष रौतहटमा सडक छेउमा बनाएको खाल्डोका कारण आधा दर्जन बालबालिकाले ज्यान गुमाएका थिए । घर आसपास बनाइएका मानव निर्मित अनेक निर्माणले बालबालिकाको मृत्यु भइरहेको छ । बालबालिका अवोध हुन्छन् । उनीहरु थाहा पाउँदैनन् । खेल्ने क्रममा उनीहरु त्यस्तो ठाउँमा पर्ने गर्दछन् । यसैले यस्ता संरचनामा विशेष निगरानी राख्नुहोस् । आफ्नो बच्चाका लागि घर परिवार टोल छिमेक सचेत रहनुहोस् ।