पेट्रोलियम पदार्थमा मिसावट आरो’पीमा पक्रा’उ, १० दिनको म्या’द थपेर अनु’सन्धान

  • प्रकाशित मिति: बुधबार, भाद्र ३१ २०७७
  • तामाकोशी

नेपाल प्रहरीले पेट्रोलियम पदार्थमा मिसावट गरेको आरो’पमा दुईजनालाई पक्रा’उ गरेको छ । पक्रा’उ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने २६ वर्षी’य राजेश विश्वकर्मा र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुर बस्ने २९ वर्षी’य सन्तोष खड्का छन् ।
पक्रा’उ परेका दुवैजना आयल निगमका ट्याङ्’कर चालक हुन् । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले करारनामा गरेर चलाएका उक्त दुई ट्याङ्क’रमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी ल्याउने गरिएको छ । आयल निगमको अमलेखगञ्जमा रहेको डिपोमा पेट्रोलको गुणस्तर चेक’जाँच गर्दा दुवै ट्याङ्क’रमा मिसावट रहेको पाइएपछि उनीहरुलाई पक्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्रा’उ परेका दुई​जनावि’रुद्ध कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मु’द्दा दर्ता गरिएको छ । अनुसन्धानका लागि १० दिनको म्या’द थपेर अनु’सन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।