सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

  • प्रकाशित मिति: मंगलबार, भाद्र ३० २०७७
  • तामाकोशी

काठमाडौं । भदौ ३० गते,
मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुनको भाउ मंगलबार तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन सोमबार तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि मंगलबार तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।