काठमाडौ । काठमाडौँ उपत्यकामा आज ५९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठामाडौँमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यसैबिच नेपालमा आज थप १०३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै नेपालमा आज ११ सय ७३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित घर फर्किनेको संख्या ३८ हजार ६९७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ९१६५ जनाको पिसिआर गरिएको हो ।