काठमाडौं । यातायात व्यवसायीहरूले असोज १ गतेदेखि सबै प्रकारका सार्व’जनिक यातायात सञ्चालन गर्ने घोष’णा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनबीच बुधवार भएको छलफलमा असोज १ गतेदेखि लामो/छोटो दुवै दूरीका सार्व’जनिक यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।
सरकारले कोरोना संक्रमण रोक’थामका लागि चैत ११ देखि बन्दाबन्दी गरेर सार्वजनिक यातायात सञ्चालन निषे’ध गरेको थियो । ४ महीना लामो बन्दाबन्दीपछि सरकारले असार २५ गते काठमाडौं उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा जिल्लाभित्र मात्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसपछि व्यवसायीले ४ महीनासम्म ग्यारेजमै थन्किएका सवारीसाधन सामान्य मर्मत गरेर सडकमा गुडाएका थिए । तर, सरकारले भदौ ३ गतेदेखि पुनः काठमाडौं उपत्यकामा लगाएको निषे’धाज्ञा र अन्य जिल्लाहरूले पनि बन्दा’बन्दी गरेपछि सार्व’जनिक यातायात ब’न्द थिए ।
निषे’धाज्ञा लगाएर सार्वजनिक यातायात ब’न्द गरेपछि रु’ष्ट व्यवसायीले सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै योजना नबनाएको आरोप लगाएका छन् । अब पनि सरकारले निषे’धाज्ञा जारी राखे आफै सार्व’जनिक यातायात सञ्चालन गर्ने व्यवसायीको चेता’वनी रहेको आजको अभियानमा खबर छ ।