रामेछाप । भदौ २३ गते,
जिल्ला अदालत रामेछापले लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई हिरा’सतमै आइसोलेशनमा राख्न आदेश दिएको छ । तीनवटा मु’द्दामा सोमबारबाट बयान लिन सुरु गरेको अदालतले खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि यस्तो आदेश दिएको हो ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले सरकारले तोकेको मापदण्ड अनुसार तयार भएको आइसोलेशनमा राख्न अदालते आदेश दिएको जानकारी दिनु भयो। उहाँले जिल्ला प्रहरी कार्यालयभित्रै सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेशन बनाएर राख्न सकिने भएकाले सरोकारवालासंग समन्वय गरेर अध्यक्ष खड्का सहित हिरासतमा रहेका दुवैजनालाई प्रहरी कार्यालयभित्रै आइसोलेशनमा राख्ने तयारी भैरहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष खड्कालाई शरीर ब*न्दक, ठ’गी र बला’त्कार गरी तीन वटा मु’द्दामाथि अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सोमबार अदालत पेश गरेको थियो । तर मंगलबार खड्काको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।धोवी बजारको सडक निर्माण उपभोक्ता समितका अध्यक्ष दर्पण घिसिङले आफूलाई खड्काले बन्द’क बनाएको आरो’पमा उजुरी दिएपछि २५ दिन अघि खडकालाई प्रहरीले पक्रा’उ परेका थियो । लगत्तै गाउँपालिकाको जग्गा खरिदमा आफू ठगिएको भन्दै खडकाको वि’रुद्ध अर्को ठगीको मु’द्दा दर्ता भएको थियो । त्यसैगरी एक महिलाले आफूलाई दस महिना अघि खड्काले बला’त्कार गरेको भन्दै अर्को मु’द्दा प्रहरीमा दर्ता गराएकी थिइन ।