लिखुतामाकोशी गाउँपालिका अध्यक्ष खड्कालाई अदालतमा पेश

  • प्रकाशित मिति: सोमबार, भाद्र २२ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २२ गते,
शरीर बन्दक, ठगी र बला’त्कार गरी तीन वटा मु’द्दामा हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई प्रहरीले अदालतमा पेश गरेको छ । प्रहरीले तीन वटा मुद्दामाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सोमबार अध्यक्ष खड्कालाई अदालत पेश गरेको हो । प्रहरीले तीन वटै मुद्दामाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय माफर्त जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष खड्काको अदालतले बयान लिने काम सुरु गरेकाले अब थुनछेकको बहसपछि खड्का जेल जाने वा ढरौटीमा छुटने अदालतले फैसला गर्नेछ । धोवी बजारको सडक निर्माण उपभोक्ता समितका अध्यक्ष दर्पण घिसिङले आफूलाई खड्काले बन्दक बनाएको आरो’पमा उजुरी दिएपछि २५ दिन अघि खडकालाई प्रहरीले पक्रा’उ परेका थियो । लगत्तै गाउँपालिकाको जग्गा खरिदमा आफू ठगिएको भन्दै खडकाको वि’रुद्ध अर्को ठगीको मु’द्दा दर्ता भएको थियो । त्यसैगरी एक महिलाले आफूलाई दस महिना अघि खड्काले बला’त्कार गरेको भन्दै अर्को मु’द्दा प्रहरीमा दर्ता गराएकी थिइन ।