खाँडादेवी गाउँपालिकामा बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने

  • प्रकाशित मिति: आइतबार, भाद्र २१ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २१ गते,
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेपछि रामेछापका स्थानीय तह बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यमा जुटेका छन् । सरकारको योजना अनुसार खाँडादेवी गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट दिने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता बैंकबाट तिवरण गर्नको लागि गाउँपालिका र लक्ष्मी बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने निर्णय अनुसार बैंकसँग सम्झौता गरिएको जानकारी दिनुभयो । गाउँपालिका भरिका ३ हजार २ सय ३१ जनाले अहिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । जिल्लाको सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट दिने निर्णय गरि बैंकसंग सम्झौता गरिसकेका छन् । जिल्लाको मन्थली र रामेछाप नगरपालिका अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यमा जुटेका छन् ।