रामेछापका ५५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, आज थप २२ जनाको स्वाब संकलन

  • प्रकाशित मिति: आइतबार, भाद्र २१ २०७७
  • तामाकोशी

रामेछाप । भदौ २१ गते,
रामेछापका ५५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका ५५ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले हालसम्म १ हजार १ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको र कोरोना संक्रमण पुष्टि भएका ४३ जना मध्ये ३३ जना कोरोनामुक्त भैसकेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा ५ जना ,मन्थली नगरपालिकामा १ जना र रामेछाप नगरपालिमा ४ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ३ सय ७६ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा ९८ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार २ सय ६६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये आइतबार स्वाब संकलन गरिएका उमाकुण्ड गाउँपालिकाका २२ जना सहित ५५ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र १७ जना पुरुष गरि २० जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ११ जना र ३९ जना पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नहोस्