काठमाडौं बस्ने रामेछापका थप पाँच जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: शनिबार, भाद्र २० २०७७
  • तामाकोशी

रामेछाप । भदौ २० गते,
रामेछाप स्थायी घर काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्ने थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अजस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप घर भै काठमाडौं बस्ने एक जना महिला र चारजना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार संक्रमण पुष्टि हुनेहरुमा २५ वर्षीया एक महिला ४० , ३४ , ३९ र ७५ वर्षका पुरुष छन् । यो संगै रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जिल्लाबाट स्वाब संकलन गरि परीक्षणका लागि पठाइएका ४३ जनामा कोरोना पुष्टि भएकोममा ३३ जना कोरोनामुक्त भैसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्ला अस्पतालमा ५ जना ,मन्थली नगरपालिकामा १ जना र रामेछाप नगरपालिकाको ४ जना गरि १० जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । ।